Home > 1 > रोल्पाको लिबाङमा जारी औद्योगिक प्रविधि, वस्तु, वनजन्य, कृषिजन्य वस्तु प्रदर्शनीतथा व्यापार मेला समापन

रोल्पाको लिबाङमा जारी औद्योगिक प्रविधि, वस्तु, वनजन्य, कृषिजन्य वस्तु प्रदर्शनीतथा व्यापार मेला समापन

रोल्पाको लिबाङमा जारी औद्योगिक प्रविधि, वस्तु, वनजन्य, कृषिजन्य वस्तु प्रदर्शनीतथा व्यापार मेला आज समापन भएको छ । प्रदर्शनी तथा व्यापार मेलामा रोल्पा जिल्लामा स्थानीय स्रोतसाधनबाट उत्पादन भएका घरेलु वस्तुहरु राखिएको छ । प्रदर्शनी तथा व्यापारमेलामा सिस्नाको पाउडर, हस्तकलाका सामग्री, फर्निचर, नेपाली कागज, भांग्रोबाट उत्पादित कपडा, झोला, विभिन्न जडिबुटीहरु, घरेलु मसला, विभिन्न नास्ताका परिकारहरु, वासबाट बनाइएका आकर्षक सामग्री, फलाम तथा माटोबाट बनाइएका सुधारिएको चुलाको प्रविधि, ऊन, ढाकाबाट बुनिइएका कपडाहरु, मौरी घार, फलफूल, तरकारी, कफी लगायतका आकर्षक सामग्रीहरुको प्रदर्शन गरिएको छ । घरेलु विकास समिति रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति स्थानीय विकास कोष, पश्चिमी उच्च पहाडी गरिवी निवारण आयोजना, एएफपी, महिला विकास कार्यालय, रुडास नेपाल, तथा लघुउद्यम विकास कार्यक्रम रोल्पाको संयुक्त आयोजनामा राखिएको प्रदर्शनीमा आज  पनी बिभिन्न व्यक्तिहरुले अवलोकन गरेका छन् । प्रदर्शनी तथा मेला हिजोबाट सुरुभएको हो ।

Advertisement
Categories: 1
  1. No comments yet.
  1. No trackbacks yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.