नेपालगञ्जमा जारी प्रथम अन्तर बैंक फाइभ ए साईड फुटवल प्रतियोगितामा एनआईसी बैंक र कर्णाली बिकास बैंक क्वार्टर फाइनलमा प्रवेश
नेपालगञ्जमा जारी प्रथम अन्तर बैंक फाइभ ए साईड फुटवल प्रतियोगिताको आज भएका खेलहरुमा बिजयी हुदैं एनआईसी बैंक र कर्णाली बिकास बैंकले क्वार्टर फाइनलको यात्रा सुनिश्चित गरेका छन् । कर्णाली ३ अंक बटुलेर समुह घ बाट अग्र स्थानमा रहेको छ भने एनआईसी बैंकले समेत ३ अंक बटुल्दै समुह ग मा सबै भन्दा अगाडी रहेको छ । आज भएका खेलमा एनआईसी बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ५–१ को गोल अन्तरले पराजित ग¥यो । टीमलाई बिजयी बनाउन एनआइसीका चन्दन कटुवाल एक्लैले ४ गोल गरेका थिए भने थप १ गोल सुवास सुवेदीले गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकका सुविन सिजापतिले एनआइसी बिरुद्ध गरेको १ गोल टीमका लागि सान्त्वना गोल बन्न पुगेको थियो । एनआईसीका चन्दन कटुवालले आज सम्मको खेलमा सर्वाधिक ९ गोल गरिसकेका छन् । यस्तै आज कै खेलमा कर्णालीले बैंक अफ एसिया माथि २–० को गोल अन्तरले जीत हासिल ग¥यो । कर्णालीका बीर बहादुर वली र नरेश गिरीले गरेको १÷१ गोल नै टोलीलाई विजयी बनाउन पर्याप्त थियो । ४ वटा समुहमा बाँडेर खेलाईएको प्रतियोगिताको लीग चरणमा चैत १ गते सम्म ३२ खेलहरु संञ्चालन हुनेछन् । क्वाटर फाईनल देखि ‘नक आउट’ खेल हुने प्रतियोगिताको फाईनल खेल चैत ७ गते हुनेछ । समय मै संबिधान भन्ने मुख्य सन्देश दिन अन्तराल द्वारा आयोजित अन्तर बैंक फाइभ ए साइड फुटवल प्रतियोगिता फागुन २२ गते उद्घाटन भएको थियो ।
