दाङ तुलसीपुर दुधेनाको कृष्ण मन्दिरमा महापुराण शुरु
दाङ तुलसीपुर दुधेनाको कृष्ण मन्दिरमा पर्यटक स्थलको निर्माण, मन्दिर परिसरको मर्मत र लघु चिडीयाखाना निर्मानकालागी आबश्यक आर्थिक जोहो गर्न भोलि देखि महापुराण शुरु हुने भएको छ । भोलि देखि शुरु भै आगामी चैत्र ५ गते सम्म संचालनहुने महापुराणबाट करीब २० लाख आर्थीक संङकलन गर्ने लक्ष लिइएको महापुराण मुल ब्यबस्थापन समीतीका संयोजक शंकर प्रशाद आचार्यले बताउनु भयो । संकीलीत रकम मध्यबाट स्थानिय तहमा पाइने लोपउन्मुख जिब जन्तु संरक्षणकालागी मन्दिर परीसरमै लघु चिडीयाखाना निर्मान गरीने उदेस्यले पुराणको आयोजना गरीएको हो ।
त्यसैको तैयारी स्वरुप आज १९ नम्बर बाहीनी तुलसीपुरबाट लफ्टन बिपीन अर्यालको अगुवाइमा २ सय सेनाका अधिकृत र जवानले मन्दिर परीसरको सरसफाइ गरेका छन । बिहान सेनाको टोलीले सजावटकालागी आबस्येक बाँस र केराका बोट गाड्नुका साथै पूजा आराधानाकालागी जमिन र आसपासको झाडी समेत सरसफाइ गरेको प्रचार प्रसार संयोजक दशरथ वलीले बताउनु भयो । स्थानियबासीको अभियानमा सेनाले पनी साथ दिएपछी उनिहरु उत्साहीत भएका छन ।
यसैबिच भोली बिहान ११ बजे दुधेनाको कृष्ण मन्दिरबाट महापुराणबारे जानकारी दिन शोभा यात्रा निकालीने भएको छ । शोभा यात्राले तुलसीपुरको बिरेन्द्र चौक हुँदै नगरका बिभिन्न भागको परीक्रमा गर्ने छ । शोभायात्रामा मन्दिर ब्यबस्थापन समीती, संम्पुर्ण धार्मीक संघ संस्था, सामाजीक संघ संस्था, गैरसरकारी संघ संस्था र स्थानिय बिद्यालयको पनी सहभागीता हुने भएको छ । महापुराणको बाचन पण्डित चक्रपानी आचार्यले गर्नु हुने भएको छ ।
