एमाले केन्द्रीय कमिटी सदस्यहरुबीच शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी मत बाझ्यो
नेकपा एमाले केन्द्रीय कमिटीका सदस्यहरुबीच शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी मत बाझेको छ । शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न केन्द्रीय कमिटीको बैठकमा छलफलमा लागि प्रस्तुत गरे पनि सहमति हुन नसक्दा बैठक लम्बिरहेको छ । बैठकमा आदिवासी जनजाति नेताहरुले जातीयका आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने धारणा राखेका छन् भने धेरै जसो नेताहरु जातिय आधारमा राज्यपुनर्संरचना गरी राजनीतिक अग्राधिकार दिँदा त्यसले जातिय मुद्दा संबोधन हुन नसक्ने भन्दै भौगोलिक सुगमता र आर्थिक सभाव्यतालाई आधार बनाएर राज्य पुनर्संरचना गर्नुपर्ने पक्षमा उभिएका
छन् ।
यसैगरी एमालेमा कार्यकारी प्रधानमन्त्री चयन पद्धतिबारे पनि कुरा मिल्न सकिरहेको छैन । नेताहरुबीच कार्यकारी प्रधानमन्त्री संसदबाट या प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने धारणा उठिरहेको छ । थप छलफलका लागि केन्द्रीय कमिटीको बैठक आज बिहान १० बजेका लागि फेरि बोलाइएको छ ।
