नेपालगञ्जमा जारी प्रथम अन्तर बैंक फाइभ ए साईड फुटवल प्रतियोगितामा एनआईसी बैंक र कर्णाली बिकास बैंक क्वार्टर फाइनलमा प्रवेश
नेपालगञ्जमा जारी प्रथम अन्तर बैंक फाइभ ए साईड फुटवल प्रतियोगिताको आज भएका खेलहरुमा बिजयी हुदैं एनआईसी बैंक र कर्णाली बिकास बैंकले क्वार्टर फाइनलको यात्रा सुनिश्चित गरेका छन् । कर्णाली ३ अंक बटुलेर समुह घ बाट अग्र स्थानमा रहेको छ भने एनआईसी बैंकले समेत ३ अंक बटुल्दै समुह ग मा सबै भन्दा अगाडी रहेको छ । आज भएका खेलमा एनआईसी बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ५–१ को गोल अन्तरले पराजित ग¥यो । टीमलाई बिजयी बनाउन एनआइसीका चन्दन कटुवाल एक्लैले ४ गोल गरेका थिए भने थप १ गोल सुवास सुवेदीले गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकका सुविन सिजापतिले एनआइसी बिरुद्ध गरेको १ गोल टीमका लागि सान्त्वना गोल बन्न पुगेको थियो । एनआईसीका चन्दन कटुवालले आज सम्मको खेलमा सर्वाधिक ९ गोल गरिसकेका छन् । यस्तै आज कै खेलमा कर्णालीले बैंक अफ एसिया माथि २–० को गोल अन्तरले जीत हासिल ग¥यो । कर्णालीका बीर बहादुर वली र नरेश गिरीले गरेको १÷१ गोल नै टोलीलाई विजयी बनाउन पर्याप्त थियो । ४ वटा समुहमा बाँडेर खेलाईएको प्रतियोगिताको लीग चरणमा चैत १ गते सम्म ३२ खेलहरु संञ्चालन हुनेछन् । क्वाटर फाईनल देखि ‘नक आउट’ खेल हुने प्रतियोगिताको फाईनल खेल चैत ७ गते हुनेछ । समय मै संबिधान भन्ने मुख्य सन्देश दिन अन्तराल द्वारा आयोजित अन्तर बैंक फाइभ ए साइड फुटवल प्रतियोगिता फागुन २२ गते उद्घाटन भएको थियो ।
रोल्पाको लिबाङमा जारी औद्योगिक प्रविधि, वस्तु, वनजन्य, कृषिजन्य वस्तु प्रदर्शनीतथा व्यापार मेला समापन
रोल्पाको लिबाङमा जारी औद्योगिक प्रविधि, वस्तु, वनजन्य, कृषिजन्य वस्तु प्रदर्शनीतथा व्यापार मेला आज समापन भएको छ । प्रदर्शनी तथा व्यापार मेलामा रोल्पा जिल्लामा स्थानीय स्रोतसाधनबाट उत्पादन भएका घरेलु वस्तुहरु राखिएको छ । प्रदर्शनी तथा व्यापारमेलामा सिस्नाको पाउडर, हस्तकलाका सामग्री, फर्निचर, नेपाली कागज, भांग्रोबाट उत्पादित कपडा, झोला, विभिन्न जडिबुटीहरु, घरेलु मसला, विभिन्न नास्ताका परिकारहरु, वासबाट बनाइएका आकर्षक सामग्री, फलाम तथा माटोबाट बनाइएका सुधारिएको चुलाको प्रविधि, ऊन, ढाकाबाट बुनिइएका कपडाहरु, मौरी घार, फलफूल, तरकारी, कफी लगायतका आकर्षक सामग्रीहरुको प्रदर्शन गरिएको छ । घरेलु विकास समिति रोल्पा, रोल्पा उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति स्थानीय विकास कोष, पश्चिमी उच्च पहाडी गरिवी निवारण आयोजना, एएफपी, महिला विकास कार्यालय, रुडास नेपाल, तथा लघुउद्यम विकास कार्यक्रम रोल्पाको संयुक्त आयोजनामा राखिएको प्रदर्शनीमा आज पनी बिभिन्न व्यक्तिहरुले अवलोकन गरेका छन् । प्रदर्शनी तथा मेला हिजोबाट सुरुभएको हो ।
बिकट क्षेत्रमा बिगतको जस्तो महामारीको भयाबहको स्थिति आउन नदिन सरकारले उच्च सतर्कता अपनाएको स्वास्थ्य मन्त्रीको भनाई
स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले बिकट क्षेत्रमा बिगतको जस्तो महामारीको भयाबहको स्थिति आउन नदिन सरकारले उच्च सतर्कता अपनाएको बताउनु भएको छ ।
आज नेपालगंजमा आयोजित एक कार्यक्रममा मध्यपश्चिम क्षेत्रका जनस्वास्थ्य प्रमुखहरुलाई निर्देशन दिदै उहाँले अबका दिनमा स्वास्थ्य प्रकोपका कारण कसैलै ज्यान गुमाउन नपर्ने गरि सरकारले पूर्व सतर्कता रणनीति अन्तर्गत काम शुरु गरिसकेको जानकारी गराउनु भयो ।
स्वास्थ्य मन्त्री चौधरीले स्वास्थ्यचौकी र अस्पतालमा पर्याप्त औषधी तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गरिसकेको बताउदै जनताको स्वास्थ्य सेवा पाउने मौलिक हकको सुनिश्चितताका लागि सरकार गंम्भीर रहेको बताउनु भयो ।
यसैबीच, स्वास्थ्य मन्त्री चौधरीले नेपालगन्ज स्थित जिल्ला जनस्वास्थ्य कार्यालयको निरीक्षण गरि सो कार्यालय द्धारा संचालित गतिबिधिको जानकारी लिनु भएको छ ।
त्यस अवसरमा स्वास्थ्य मन्त्री चौधरीलाई कार्यालयका प्रमुख धिरजङ्ग शाहले जिल्लामा संचालित कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले थप स्रोत र साधन उपलव्ध गराउनु पर्ने माग गर्नु भएको थियो ।
त्यस्तै नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष अंगत बहादुर शाहीले स्वास्थ्य मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । स्वास्थ्य मन्त्री चौधरी बाँकेको खजुरामा निर्माण भैरहेको क्यान्सर अस्पतालको निरिक्षण गरेर आजै बर्दियाका बिभीन्न कार्यक्रममा सहभागी हुन त्यस तर्फ प्रस्तान गर्नु भएको छ ।
दाङ तुलसीपुर दुधेनाको कृष्ण मन्दिरमा महापुराण शुरु
दाङ तुलसीपुर दुधेनाको कृष्ण मन्दिरमा पर्यटक स्थलको निर्माण, मन्दिर परिसरको मर्मत र लघु चिडीयाखाना निर्मानकालागी आबश्यक आर्थिक जोहो गर्न भोलि देखि महापुराण शुरु हुने भएको छ । भोलि देखि शुरु भै आगामी चैत्र ५ गते सम्म संचालनहुने महापुराणबाट करीब २० लाख आर्थीक संङकलन गर्ने लक्ष लिइएको महापुराण मुल ब्यबस्थापन समीतीका संयोजक शंकर प्रशाद आचार्यले बताउनु भयो । संकीलीत रकम मध्यबाट स्थानिय तहमा पाइने लोपउन्मुख जिब जन्तु संरक्षणकालागी मन्दिर परीसरमै लघु चिडीयाखाना निर्मान गरीने उदेस्यले पुराणको आयोजना गरीएको हो ।
त्यसैको तैयारी स्वरुप आज १९ नम्बर बाहीनी तुलसीपुरबाट लफ्टन बिपीन अर्यालको अगुवाइमा २ सय सेनाका अधिकृत र जवानले मन्दिर परीसरको सरसफाइ गरेका छन । बिहान सेनाको टोलीले सजावटकालागी आबस्येक बाँस र केराका बोट गाड्नुका साथै पूजा आराधानाकालागी जमिन र आसपासको झाडी समेत सरसफाइ गरेको प्रचार प्रसार संयोजक दशरथ वलीले बताउनु भयो । स्थानियबासीको अभियानमा सेनाले पनी साथ दिएपछी उनिहरु उत्साहीत भएका छन ।
यसैबिच भोली बिहान ११ बजे दुधेनाको कृष्ण मन्दिरबाट महापुराणबारे जानकारी दिन शोभा यात्रा निकालीने भएको छ । शोभा यात्राले तुलसीपुरको बिरेन्द्र चौक हुँदै नगरका बिभिन्न भागको परीक्रमा गर्ने छ । शोभायात्रामा मन्दिर ब्यबस्थापन समीती, संम्पुर्ण धार्मीक संघ संस्था, सामाजीक संघ संस्था, गैरसरकारी संघ संस्था र स्थानिय बिद्यालयको पनी सहभागीता हुने भएको छ । महापुराणको बाचन पण्डित चक्रपानी आचार्यले गर्नु हुने भएको छ ।
एमाले केन्द्रीय कमिटी सदस्यहरुबीच शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी मत बाझ्यो
नेकपा एमाले केन्द्रीय कमिटीका सदस्यहरुबीच शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी मत बाझेको छ । शासकीय स्वरुप र राज्यको पुनःसंरचनासम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न केन्द्रीय कमिटीको बैठकमा छलफलमा लागि प्रस्तुत गरे पनि सहमति हुन नसक्दा बैठक लम्बिरहेको छ । बैठकमा आदिवासी जनजाति नेताहरुले जातीयका आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने धारणा राखेका छन् भने धेरै जसो नेताहरु जातिय आधारमा राज्यपुनर्संरचना गरी राजनीतिक अग्राधिकार दिँदा त्यसले जातिय मुद्दा संबोधन हुन नसक्ने भन्दै भौगोलिक सुगमता र आर्थिक सभाव्यतालाई आधार बनाएर राज्य पुनर्संरचना गर्नुपर्ने पक्षमा उभिएका
छन् ।
यसैगरी एमालेमा कार्यकारी प्रधानमन्त्री चयन पद्धतिबारे पनि कुरा मिल्न सकिरहेको छैन । नेताहरुबीच कार्यकारी प्रधानमन्त्री संसदबाट या प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने धारणा उठिरहेको छ । थप छलफलका लागि केन्द्रीय कमिटीको बैठक आज बिहान १० बजेका लागि फेरि बोलाइएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठकमा १२ औं महाधिवेशन मिति तोक्ने विषयमा छलफल
१२ औं महाधिवेशन मिति तोक्ने विषयमा नेपाली काङ्ग्रेसले आज पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने बैठकमा महाधिवेशनको तिथि, क्रियाशील सदस्यता वितरण, विभिन्न जिल्लामा देखिएको विवादसहित अन्य विषयमा छलफल हुने स्रोतले बताएको छ । यसअघि अस्ति बसेको बैठकमा पनि महाधिवेशन तिथि बारे फरक फरक प्रस्ताव आएपनि टुंगामो पुग्न सकेको थिएन ।
संविधान निर्माणको कार्यतालिका आज १० औं पटक फेरि संशोधन
दलहरुको विवादले निर्धारित कार्यतालिकाभित्र काम हुन नसकेकाले संविधान निर्माणको कार्यतालिका आज १० औं पटक फेरि संशोधन हुने भएको छ । एकीकृत मस्यौदा तयार गर्ने समय एक महिना बढाएर जेठ १४ मै संविधान जारी गर्ने गरि संविधानको कार्यतालिका संसोधनको तयारी भइरहेको हो ।
त्यसकालगाी संवैधानिक समितिको बैठक अहिले सिंहदरबारमा जारी छ ।
यसअघि एकीकृत मस्यौदा तयार गर्ने समय फागुन २१ गतेसम्म रहेपनि संविधानसभाका ११ वटा विषगत समिति मध्ये २ वटाले मात्रै प्रतिवेदन बुझाएपछि मस्यौदा तयार हुन सकेको छैन । समितिले एकीकृत मस्यौदा तयार गर्ने समय बढाउने तर अरु काम बाँकी समयभित्रै सक्ने गरि संशोधनको तयारी गरेको समितिका सदस्य एवं माओवादी प्रवक्ता दीनानाथ शर्माले बताउनु भयो ।
कार्यतालिकाअनुसार काम नभएकाले यसअघि नवौ पटक कार्यतालिका संशोधन भइसकेको छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिका बनाएपछि संविधानसभाको बैठकले संशोधन गर्नेछ ।
यसैबीच संविधान निर्माणको कार्यतालिका संशोधन गर्नुअघि संवैधानिक समितिले अहिले संविधानसभाका दलहरुसँग छलफल जारी राखेको छ । समितिले सबैदलका नेताहरुलाई अनिवार्य बैठकमा आउन भनेको थियो । दलहरुसँगको छलफलपछि संविधानको कार्यतालिका र जेठ १४ गते संविधान जारी हुन सक्ने नसक्ने बारेमा तय गरीने संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताउनु भयो । दलहरुसँग सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको राज्यपुनर्संरचना पछि टुङ्ग्याउनेगरि संविधान जारी गर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल हुने भएको हो ।
उपराष्ट्रपति झा तिर्थाटन गर्न भारतको हरिद्धार जाँदै
उपराष्ट्रपति परमानन्द झा तिर्थाटन गर्न भोली भारतको हरिद्धार जान लाग्नु भएको छ । ५ दिने निजि भ्रमणका लागी भारत जाने भएपनि उपराष्ट्रपति झाले त्यहँ राजनितिक भेटघाट पनी गर्नु हुने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
यसैबिच उपराष्ट्रपतिको भ्रमण स्वीकृति र यातायत , निवास तथा दैनिक भ्रमण भत्ताको माग गरी उपरापष्ट्रपति कार्यालयलले मन्त्रिपरिषदमा पठाएको प्रस्तावमा सरकारले खर्च अस्विकार गरेको छ । उपराष्ट्रपतिका लागी माग गरिएको करिब लाख रुपैया अस्वीकृत गर्दै सरकारले भ्रमणको प्रस्ताव भने स्वीकृत गरेको हो । उपराष्ट्रपतिको भ्रमण निजि भएकाले खर्च नव्यहोरिएको एमाले एक मन्त्रिले बताए । स्रोतका अनुसार उपराष्ट्रपति झाका निजि सहायक , सुरक्षा कर्मी र अरु कर्मचारीको भ्रमणलाई भने सरकारी हैसियत दिने निर्णय सरकारले गरेको छ ।
पत्रकारहरुको सुरक्षा गर्न नसक्ने प्रदानमन्त्रिलाई कुर्सुी वस्ने कुनै अधिकार छैन – अध्यक्ष धर्मेन्द्र झा
नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुको सुरक्षा गर्न नसक्ने वर्तमान सरकारका प्रधानमन्त्रीलाई अव कुर्सुी वस्ने कुनै अधिकार नभएको वताउनु भएको छ ।
संन्चार उद्यमी र संचारकर्मीहरुमाथि लगातार आक्रमण्ाँ भईरहदासमेत सरकारले कसैलाई पनि कुनै कारवाही गर्न नसकेकोमा उहाले आक्रोश व्यक्त गर्नुभयो ।
संचारकर्मीहरुमाथि भएको निरन्तर आक्रमणका विषयमा सुनसरीको सदरमुकाम ईनरुवामा स्थानिय संचारकर्मीसग कुरा गर्दै उहाले शान्ति सुरक्षा कायम गर्न नसक्ने वर्तमान सरकारका प्रधानमन्त्रीको राजिनामा माग गर्नुभएको हो ।
प्रम माधव नेपालको कारण सेना समायोजन प्रक्रिया अबरुद् – पूर्व गृहमन्त्री सिटौला
नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री माधबकुमार नेपालको कारणले सेना समायोजनको प्रक्रिया अबरुद् भएको बताउनु भएको छ । रिपोर्टस्र क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्री नेपालले सेना समायोजन विशेष समितिमा ठोस प्रस्ताव ल्याउन नसक्नुले पनि लडाकु ब्यवस्थापनको कार्य अगाडि बढन नसकेको दावी गर्नु भयो ।
उहाले भन्नु भयो एमालेले प्रधानमन्त्रीको राजिनामा किन माग्यो उसैलाई सोध्नुस तर काग्रेसको यो सरकारलाई पूण्ाँ सहयोग र सम्र्थन छ र शान्ति प्रक्यिा यही सरकारले निश्कर्षमा पुर्याउनु पर्छ ।
पुर्याउन सक्नु भएन भने उहामात्रै होइन मुलुकनै धरापमा पर्छ । साक्षात्कारमा सिटौलाले नया संविधान निर्माणँको मुल आधार रहेको सेना समायोजनको विषय एक स्टेप पनि नबढनुले चिन्ता उत्पन्न गरेको उल्लेख गर्नु भयो ।
